क्याराभान निर्देशक एरिक भ्याली काठमाडौंमा

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ ३२, २०८० २२:0२
क्याराभान निर्देशक एरिक भ्याली काठमाडौंमा

काठमाडौं । निर्देशक एरिक भ्याली २०५६ सालमा प्रदर्शन भएको फिल्म ‘हिमालय’ (क्याराभान)लाई लिएर विश्वचर्चित छन् ।

यो फिल्म ७२ औं ओस्कार अवार्डको विदेशीभाषी फिल्म विधातर्फ मनोनयन भएको थियो । निर्देशक भल्ली यसै महिना काठमाडौंको एक अवार्ड समारोहमा विशेष अतिथि बनेर उपस्थित भएका छन् ।

यसबाहेक द ट्रेल, नेपाल : बियोन्ड द क्लाउड्स, हिमालयन गोल्ड रसजस्ता डकुमेन्ट्री फिल्मका लागि पनि उनी चर्चित छन् । यी फ्रान्सेली फोटोग्राफर र निर्देशकसँग नेपालको साइनो उत्तिकै गाढा रहेकाे छ  ।

उनलाई  फिल्म हिमालय  (क्याराभान) ले मुख्य  रुपमा चिनाउने काम गरेकाे छ ।  ‘क्याराभान २ सहित अन्य फिल्म पनि आउँने जानकारी दिए ।

उनले ओस्कार अवार्ड मनोनयन फिल्मको शृंखलाबारे धेरैले चासो राखिरहेको र आफू यसप्रति गम्भीर रहेको बताएका छन् । जसमा दुई तिब्बती मूलका नेपाली अभिनेता र दुई अभिनेत्री तय गरेको जनाइएको थियो । निर्देशक भ्याली यतिबेला नयाँ फिल्मको तयारीका लागि नेपालमा आएका छन् ।

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ ३२, २०८० २२:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट