सुन काण्ड : मागेजति सीसीटीभ फुटेज पाईएन

  • मिसन संवाददाता
  • सोमवार, पुस ९, २०८० 0८:१७
सुन काण्ड : मागेजति सीसीटीभ फुटेज पाईएन

मंसिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएपछि छानबिन गर्न बनेको समितिले सीसीटीभ फुटेज नै नपाएको खुलेको छ। सुन बरामद भएपछि छानबिन गर्न बनेको विमानस्थलका भन्सार प्रमुख टोकराज पाण्डे नेतृत्वको समितिले फुटेज नपाएको हो।

पाण्डे नेतृत्वको समितिले पछिल्लो तीन महिनाको फुटेज माग गरेको थियो। तर २१ दिनको मात्रै सीसीटीभी फुटेज आफूहरुलाई उपलब्ध भएको समितिले जनाएको छ। ‘हामीले पछिल्लो तीन महिनाको सीसीटीभी फुटेज माग गरेका थियौं। तर ३ महिनासम्मको रेकर्ड नबस्ने भन्दै जम्मा २१ दिनको मात्रै उपलब्ध गराइयो’ समिति स्रोतले भन्यो।

त्यसैगरी भीआईपी कक्षतर्फको भने सीसीटीभी फुटेजमा कभरेज नै नभएको पनि समितिले जनाएको छ। भीआईपीतर्फको एरिया सीसीटीभीटी फुटेजमा कभरेज नभएपछि भीआईपी एरिया दुरुपयोग गरेर पनि सुन तस्करी भएको हुनसक्ने आशंका समितिले निकालेको छ।

पाण्डेसँगै डीएसपी सूर्यप्रकाश सुवेदी, प्रमुख भन्सार अधिकृत मणिराम पौडेल, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना रहेको समितिले आइतबार प्रतिवेदन बुझाउँदै उक्त विषहरु खुलाएको छ।

घटनास्थल मुचुल्का, सुन परीक्षण, मोबाइलबाट प्राप्त सूचना, कल डिटेल विश्लेषण, टिकटको बिक्री वितरण, ट्राभल हिस्टी, अभियुक्तको बयान लगायतलाई आधार बनाउँदै अनुसन्धान गरेर प्रतिवेदन बुझाइएको समितिले जनाएको छ।

जसमा दुबईदेखि सुन ल्याएर विमानस्थलबाट पास गर्नेक्रममा विभिन्न फरक फरक व्यक्तिले भूमिका खेलेको पनि उल्लेख गरिएको छ। यो समूहले अहिलेसम्म १३८किलो सुन विमानस्थलबाट पास गरिसकेको बताइएको छ।

  • मिसन संवाददाता
  • सोमवार, पुस ९, २०८० 0८:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट