आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर

  • मिसन संवाददाता
  • शुक्रबार, असार १५, २०८० १७:0६
आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर

काठमाडौं ।  नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई एक वर्ष तीन महिना कैद सजाय तोकेको छ ।

विशेष अदालतले निर्देशक खड्कालाई ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ६४ पैसा बिगो बमोजिम जरिवाना गराउने भनिएको छ ।

श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले निर्देशक खड्कालाई शुक्रबार सजाय सुनाएको हो।

अख्तियारले मागदाबी लिएबमोजिम खड्काको नाममा रहेको घरजग्गा, बैंक मौज्दात, सेयरलगायतका सम्पत्ति जफत हुने भएको छ ।

उनीविरुद्ध २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा १८ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हाे ।

उनकी श्रीमती शर्मिला खड्कालाई समेत प्रतिवादी बनाइएकोमा शर्मिलाका नाममा रहेको घरसमेत जफत हुने भएको छ।

  • मिसन संवाददाता
  • शुक्रबार, असार १५, २०८० १७:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट