भन्सार जाँच पासमा संलग्न सबै कर्मचारी निलम्बन गर्ने तयारी

  • मिसन संवाददाता
  • बिहिबार, साउन ४, २०८० १४:१७
भन्सार जाँच पासमा संलग्न सबै कर्मचारी निलम्बन गर्ने तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँच पासमा संलग्न सबै कर्मचारी निलम्बन गर्ने तयारी भएकाे छ ।

प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा ठूलो परिमाणमा सुन बरामद भएको हाे ।

यो प्रकरणमा एक भारतीय नागरिक सहित ६ जना पक्राउ परेका छन् । बरामद भएको सुनको परिमाण भने एकिन नभएकाले सुन जोख्न आज राष्ट्र बैंक लैजाने जनाएको छ ।

  • मिसन संवाददाता
  • बिहिबार, साउन ४, २०८० १४:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट