आईटी आर्मीको स्थापना दिवसमा पशुपतिनाथमा सरसफाई

  • मिसन संवाददाता
  • शनिबार, साउन ६, २०८० १९:५0
आईटी आर्मीको स्थापना दिवसमा पशुपतिनाथमा सरसफाई

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले दोस्रो स्थापना दिवसको अवसरमा देशैभरी बिभिन्न रचनात्मक कार्यक्रम गरी भव्यरुपमा मनाएको छ ।

आईटी आर्मीले आज काठमाडौं स्थित पशुपतिनाथमा सरसफाई गर्नुका साथै देशैभरी बिभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । कतै विरामीलाई फलफुल वितरण गरिएको छ भने कतै खाना, खाजा खुवाएर हर्सोउल्लासपूर्ण स्थापना दिवस मनाइएको छ ।

पशुपतिनाथ मन्दिर क्षेत्रका साथै कैलाश डाँडा क्षेत्रमा आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा रहेको टोलीले सरसफाई गरेको छ । यसैगरी स्थापना दिवसकै अवसरमा आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले रौतहटको ऐतिहासिक गुजरामाई पार्कको उदघाटन तथा बृक्षारोपण गरेका छन् ।

‘हामीले आईटी आर्मीको स्थापना दिवसको अवसरमा बिभिन्न रचनात्मक कार्यक्रम गरी देशैभरी मनाएका छौं’ आईटी आर्मीका अध्यक्ष साहले भने, ‘हामीले काठमाडौं स्थित पशुपतिनाथ मन्दिर एवं कैलाश डाँडा क्षेत्रमा सरसफाई गरेका छौं भने, कतै बृक्षारोपण त कतै खाना एवं खाजा वितरण गरेका छौं । अस्पतालका बिरामीलाई फलफुल वितरण समेत गरेका छौं ।’

आईटी आर्मीका केन्द्रीय सदस्य राजनिश प्रसाद कुशवाहाको प्रयासमा मधेश प्रदेशको वीरगंजको विभिन्न ठाउँहरुमा ३ सय भन्दा बढी आवश्यक गरीब, असहाय र भोकाहरुलाई खाना वितरण कार्यक्रम गरिएको छ । यस्तै सप्तरी जिल्ला कमिटीद्वारा राजविराजको गजेन्द्र नारायण सिंह प्रादेशिक अस्पतालमा ५० जनाभन्दा बढी विरामीहरुलाई फलफूल वितरण गरिएको छ ।

यता रौतहट जिल्ला कमिटिको आयोजनमा अन्तरक्रिया तथा वृक्षारोपण कार्यक्रम, बारा जिल्ला कमिटिद्वारा कलैया प्रादेशिक अस्पतालमा ४५ जनाभन्दा बढी विरामीहरुलाई फलफूल वितरण, सर्लाही, वीरगंज, बर्दिबास, नवलपरासी, धनुषा, काभ्रे, सिरहा लगायत देशका दर्जनौं ठाउँहरुमा रंगोली बनाएर दीप प्रज्वलन लगायतका सामाजिक कार्यहरु सहित हर्षोल्लास पूर्वक स्थापना दिवस मनाईएको छ ।

आईटी आर्मी सप्तरीले अस्पतालका बिरामीहरुलाई फलपूmल वितरण गरेको छ । राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएको संगठनले जनाएको छ । बिरामीहरुलाई स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरिएको संगठनका जिल्ला अध्यक्ष दिलिप कुमार साहले बताए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका जिल्ला अध्यक्ष धिरेन्द्र कुमार दास, सचिव सञ्जय शर्मा, अस्पतालका कर्मचारी धनेश्वर साह, संगठनका जिल्ला अध्यक्ष दिलिप कुमार साह, आम जनता पार्टीका जिल्ला सचिव सुनिल राज दास, संगठनका सदस्यहरु संतोष कुमार साह, रामकुमार साह लगायतको सहभागिता रहेको थियो ।

  • मिसन संवाददाता
  • शनिबार, साउन ६, २०८० १९:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट