नेम्वाङको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि च्यासलमा राखिने

  • मिसन संवाददाता
  • मङ्लबार, भदौ २६, २०८० १३:४२
नेम्वाङको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि च्यासलमा राखिने

संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा एमालेको पार्टी मुख्यालय च्यासलमा राखिने भएकाे छ।

नेम्वाङको मंगलबार बिहान १:३० बजे निधन भएको थियाे । उनलाई  हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।

त्रिवि शिक्षण अस्पतालबाट विशेष सम्मानका साथ उनकाे पार्थीव शरीर निकालिएको छ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद्‌को बैठकले नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्‌ बैठकले नेम्वाङको अन्त्येष्टिको दिन देशभर शोक बिदा दिने निर्णय समेत गरेको छ। नेम्वाङको निधनपछि मंगलबार बिहान मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बसेको थियो।

नेम्वाङका २ छोराहरु विदेशमा रहेको र उनीहरु स्वदेश फर्किन लागेकाले उनीहरु आएपछि मात्रै अन्तिम संस्कार गरिने परिवार स्रोतले जानकारी दिएको छ।

  • मिसन संवाददाता
  • मङ्लबार, भदौ २६, २०८० १३:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट