स्थानीय तहको भूमिका  व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघकाे आन्दोलन सुरु

  • मिसन संवाददाता
  • बुधबार, अशोज ३, २०८० १३:२२
स्थानीय तहको भूमिका  व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघकाे आन्दोलन सुरु

काठमाडौं । स्थानीय तहको भूमिका  व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले आन्दोलन सुरू गरेकाे छ ।

संविधानअनुसार शिक्षा विधेयकमा शिक्षकको सरुवा, बढुवा, नियुक्ति कार्यसम्पादन, सेवासुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका रहने व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले आन्दोलन सुरू गरेकाे हाे ।

सरकारले वार्तामा बस्न पटक–पटक गरेको आग्रहलाई अस्वीकार गर्दै देशभरका शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गरेका छन् । ७७ जिल्ला कै  शिक्षकहरू आन्दाेलनमा सहभागि भएका छन् ।

सरकारले गत भदौ २७ गते विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो ।

संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई पालिकामातहत राख्ने व्यवस्था गरेको थियाे ।

  • मिसन संवाददाता
  • बुधबार, अशोज ३, २०८० १३:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट