दाङ।लुम्बिनी प्रदेशमा छ विषयगत समितिको सभापतिको निर्वाचन हुने भएको छ ।
प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनले एक सूचना जारी गरी यही पुस १७ गते निर्वाचनको मिति तय गरिएको जानकारी दिनु भयाे ।
लुम्बिनीमा लामो समयदेखि विषयगत समितिले नेतृत्व पाउन सकेका थिएनन् । सचिव पुनका अनुसार प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति, कृषि वन तथा वातावरण समिति, भौतिक पूर्वाधार विकास समिति, अर्थ उद्योग तथा पर्यटन समिति र सार्वजनिक लेखा समितिको निर्वाचन हुन लागेको हो ।
यसका लागि १६ गते उम्मेदवारी दर्ता हुने सचिव पुनले बताउनुभयाे ।