प्रचण्ड र ओलीका पूर्व निजी सुरक्षा गार्डलाई एसपीमा बढुवा गर्न तिब्र दबाब !

  • मिसन संवाददाता
  • बुधबार, पुस ४, २०८० १३:२२
प्रचण्ड र ओलीका पूर्व निजी सुरक्षा गार्डलाई एसपीमा बढुवा गर्न तिब्र दबाब !

जेविन सर्वहारा – नेपाल प्रहरीमा रिक्त ७ प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि १२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिष्पर्धामा छन् । ५ मंसिरमा पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि रिक्त एसपीको संख्या ७ पुगेको थियो । त्यसका लागि अघिल्लो एसपी बढुवामा छुटेका १२ जना डीएसपी प्रतिष्पर्धामा छन् ।

२०६१ सालमा प्रहरी निरीक्षकबाट भर्ना भएका टोलीमध्ये अहिले बढुवाका लागि प्रदीपबहादुर क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार र निरञ्जनदत्त भट्ट प्रतिष्पर्धामा छन् । राजन लिम्बु, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे पनि प्रतिष्पर्धामा छन् ।

यद्यपि, वरीयतामा पछाडि रहेका राजन लिम्बु, सन्तोष तामाङ र विनोद घिमिरेले पनि शक्तिकेन्द्रमार्फत प्रहरी नेतृत्वसामू दबाब दिइरहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

लिम्बु र तामाङ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका निजी सुरक्षा अधिकृत (पीएसओ) का रुपमा काम गरेको अफिसर हुन् । घिमिरे हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पीएसओ बसिसकेका अधिकृत हुन् । गृह मन्त्रालय र प्रहरी नेतृत्व भने सिनियरिटीका आधारमा बढुवा गर्ने मुडमा देखिन्छ ।

प्रहरी महानिरीक्षकले डीएसपीको वरीयता अनुसार नै एसपी बढुवा गर्न चाहेपछि पहुँचवाला डीएसपीहरुले शक्ति केन्द्र भिडाइरहेका छन्। हाल एसपीको प्रतिस्पर्धामा रहेका विनोद घिमिरे डीएसपीको वरीयतामा अन्तिममा छन्। ओलीका पूर्व पीएसओ लिम्बु ८ र तामाङ ९ नम्बरमा छन्।

  • मिसन संवाददाता
  • बुधबार, पुस ४, २०८० १३:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट