काठमाडौंको तापक्रम यो वर्ष अहिलेसम्मकै कम

  • मिसन संवाददाता
  • बिहिबार, पुस ५, २०८० 0८:११
काठमाडौंको तापक्रम यो वर्ष अहिलेसम्मकै कम

काठमाडौंमा आज यो वर्षको हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । बिहान साढे ६ बजे ४.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

“यो वर्षका लागि आजको तापक्रम अहिलेसम्मकै न्यून हो । पौने ९ बजे यो भन्दा पनि तापक्रम घट्न सक्छ,” मौसमविद् सञ्जिव अधिकारीले बाह्रखरीसँग भने । काठमाडौंको तापक्रम दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहनेछ । हिजो बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियस थियो ।

काठमाडौंमा आज बिहान पाँच किलोमिटर भिजिविलिटी रहेको छ । ९ बजेसम्म काठमाडौंमा लागेको हुस्सु तथा कुहिरो हट्ने उनको भनाइ छ ।

उनका अनुसार आज बिहान लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

मौसमविद् अधिकारीले दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने बताए ।

उनले राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने बताए । आज वर्षा र हिमपातको सम्भावना छैन । पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण वर्षा र हिमपात नहुने भएको हो ।

तराईका विभिन्न भू–भागमा लागेको हुस्सु तथा कुहिरो दिउँसोसम्म हट्ने मौसमविद् अधिकारीले जानकारी दिए ।

  • मिसन संवाददाता
  • बिहिबार, पुस ५, २०८० 0८:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट