पुस १० गते के हुन्छ क्रमभंग ?

  • मिसन संवाददाता
  • शुक्रबार, पुस ६, २०८० १२:२८
पुस १० गते के हुन्छ क्रमभंग ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फेरि क्रमभंगको तयारीमा रहेको बताएका छन् । उनले तेस्रोपटक प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुने दिन ‘क्रमभंग’ हुने खालको केही निर्णय गर्ने बताएका हुन् ।

शुक्रबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्मित नेपालकै दोस्रो ठूलो विद्युत् सबस्टेसनको उद्घाटन समारोहमा उनले आफू क्रमभंगको तयारीमा रहेको बताएका हुन् ।

‘प्रधानमन्त्री भएको एक वर्ष पूरा भएपछि नयाँ ढंगले केही धक्का दिएर सुरू गर्दैछु,’ म साँच्चै क्रमभंग गर्दैछु,’ उनले भने।

जनताले महसुस गर्ने गरी आफ्नो सरकारले काम गर्ने दाबी उनले गरे। प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते तेस्रोपटक प्रधानमन्त्री पदमा नियुक्त भएका थिए।

  • मिसन संवाददाता
  • शुक्रबार, पुस ६, २०८० १२:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट