होटल एम्बासडरमा लाखौं घुस उठाउने बिचौलिया न्यायाधिशलाई कारबाहीको तयारी

  • मिसन संवाददाता
  • बिहिबार, पुस १२, २०८० 0८:५४
होटल एम्बासडरमा लाखौं घुस उठाउने बिचौलिया न्यायाधिशलाई कारबाहीको तयारी

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग मिलेर मुद्दामा सेटिङ गरेको आरोप लागेका उच्च अदालतका न्यायाधीश नवराज थपलियाको जिम्मेवारी खोसिएको छ। उनलाई उच्च अदालत सुर्खेतको जुम्ला इजलासबाट न्याय परिषद्‍मा तानिएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसद श्रेष्ठले थपलियालाई न्याय परिषद्‍मा तान्ने टिप्पणी सदर गरेका हुन्।

न्याय परिषद्‍ले यसअघि नै थपलियामाथि छानबिन गरी कारबाही गर्ने निर्णय गरिसकेको छ। उनलाई सफाइ पेस गर्न अन्तिम मौकास्वरूप स्पष्टीकरण सोध्ने निर्णय आइतबारको बैठकले निर्णय गरिसकेको छ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ नेतृत्वको समितिले जाँचबुझ गरी न्याय परिषद्मा बुझाएको प्रतिवेदनमा थपलियाले बिचौलिया काम गरेको पुष्टि भएको उल्लेख छ। न्यायाधीश श्रेष्ठ नेतृत्वको जाँचबुझ समितिले गत वर्ष नै बुझाएको प्रतिवेदनमा थपलियाले बिचौलिया बनेर मुद्दाका पक्षहरूबाट ठूलो रकम उठाउने गरेको औँल्याएको छ।

थपलियाले लैनचौरस्थित होटल एम्बासडरमा एक महिलासँग ६० लाख रुपैयाँ बुझेको तथ्य जाँचबुझका क्रममा फेला परेको थियो। ती महिला सम्पत्तिसम्बन्धी मुद्दामा कानुनी लडाइँमा थिइन्। थपलियाले युनिटी ठगी प्रकरणमा पनि मुद्दा मिलाइदिने भनेर ३ करोड रुपैयाँको चलखेल गरेको पाइएको छ। सर्वसाधारणबाट ६ अर्ब रुपैयाँभन्दा बढी ठगीको अभियोग लागेका युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका सञ्चालकहरूबाट उनले त्यो रकम लिएको विवरण प्रतिवेदनमा थियो। यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

  • मिसन संवाददाता
  • बिहिबार, पुस १२, २०८० 0८:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट