कोरिया जान तम्सिएका युवाले मन्त्रीलाई गाडीबाट थुतेर गाडीमा आगो लगाए

  • मिसन संवाददाता
  • शुक्रबार, पुस १३, २०८० १२:५७
कोरिया जान तम्सिएका युवाले मन्त्रीलाई गाडीबाट थुतेर गाडीमा आगो लगाए

ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । इपीएस फोरमका युवाहरूले मन्त्रीको गाडीमा आगो लगाएका हुन् ।

उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । उनीहरुले सडक पनि अबरुद्ध पारेका छन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।

उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन् ।

  • मिसन संवाददाता
  • शुक्रबार, पुस १३, २०८० १२:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट