काठमाडौं- राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली आज प्रकाशित हुँदैछ । मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी राष्ट्रिय सभाका उम्मेदवारहरुको नामावली आज सार्वजनिक गर्न लागिएको हो ।
राष्ट्रिय सभाका १९ सिटका लागि गत सोमबार सात प्रदेशमा ५२ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारहरुले नाम फिर्ता लिनका लागि भोलिको दिन निर्धारण गरिएको छ ।
भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारलाई निर्वाचन चिन्ह भने पर्सि प्रदान गरिनेछ । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ ।