लोकरिझ्याइँमा रम्ने पार्टीको इतिहास र भविष्य छैन : पूर्णबहादुर खड्का (पूर्णपाठ)

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १४:१0
लोकरिझ्याइँमा रम्ने पार्टीको इतिहास र भविष्य छैन : पूर्णबहादुर खड्का (पूर्णपाठ)

नेपाली कांग्रेसले नयाँ र राजसंस्था पुनःस्थापनाको एजेन्डा बोकेका दलहरूलाई अधिनायकवादीको संज्ञा दिएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठकमा प्रस्तुत गरेको नीति प्रतिवेदनमा ती दलहरूले जनतामा निराशा बेचेर काल्पनिक सपना बाँडिरहेको आरोप लगाएका छन् ।

राजतन्त्र र हिन्दुराष्ट्रको एजेन्डा बोकेकाप्रति लक्षित गर्दै उनले निराशाको जगमा टेकेर धमिलो पानीमा माछा मार्ने प्रवृत्ति हाबी हुन खोजेको आरोप लगाएका छन् ।

लोकरिझ्याइँ र अधिनायकवाद बढेको भन्दै दृष्टिकोणबिनाको लोकप्रियताका निम्ति जे पनि बोल्न उचित नहुनेमा उनले प्रतिवेदनै लेखेर जोड दिएका छन् । उनले यस्तो लोकरिझ्याइँमा रम्ने पार्टी र संगठनको इतिहास, वर्तमान र भविष्य दुवै नभएको टिप्पणी गरेका छन् ।

पूर्णबहादुर खड्काको प्रतिवेदनको पूर्णपाठ पढ्नोस्–

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १४:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट