३४१ मेगावाटको बूढीगण्डकी मल्होत्राबाट पाठकको नाममा

  • मिसन संवाददाता
  • बुधबार, माघ ३, २०८० 0८:१0
३४१ मेगावाटको बूढीगण्डकी मल्होत्राबाट पाठकको नाममा

दीपक मल्होत्राको कम्पनी टाइम्स इनर्जीले आफू निर्माणको प्रस्तावक रहेको ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना साहस ऊर्जा लिमिटेडलाई बिक्री गरेको छ।

स्रोतका अनुसार ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको लाइसेन्स २ अर्ब रुपैयाँमा ‘डिल’ भएको हो। उक्त लेनदेनअनुसार आयोजनामा व्यवसायी मल्होत्राले आफ्नो ५ प्रतिशत सेयर कायम राखेका छन्।

साहस ऊर्जाका अध्यक्ष हिमप्रसाद पाठकले आफ्नो कम्पनीले अब उक्त आयोजना निर्माण गर्ने बताए।

‘साहस ऊर्जा लिमिटेडद्वारा प्रवर्द्धित सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना ८६ मेवाको सफल निर्माण र सञ्चालनपश्चात् साहस ऊर्जा लिमिटेडकै लगानीमा ३४१ मेवाको अर्धजलाश्ययुक्त बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न गइरहेको सहर्ष जानकारी गराउँछु’, विज्ञप्ति जारी गर्दै पाठकले भनेका छन्।

  • मिसन संवाददाता
  • बुधबार, माघ ३, २०८० 0८:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट