सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटायो

  • मिसन संवाददाता
  • शनिबार, चैत्र ३, २०८० 0८:२0
सरकारले पेट्रोल, डिजेल  र मट्टितेलको मूल्य घटायो

सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आज बिहानैदेखि लागू हुने गरी पेट्रोलमा एक र डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य घटएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

भाउ घटेपछि पेट्रोल लिटरको पहिलो वर्गमा १६८ रुपैयाँ ६० पैसा, दोस्रोमा १७० र तेस्रोमा १७१ रुपैयाँ कायम भएको छ ।

यस्तै डिजेल र मट्टितेलको पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ कायम गरिएको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्।

  • मिसन संवाददाता
  • शनिबार, चैत्र ३, २०८० 0८:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट