लगानी सम्मेलनको तयारी तिब्र

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ७, २०८० ११:0४
लगानी सम्मेलनको तयारी तिब्र

अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनको गृहकार्यलाई तीव्रता दिन मातहतलाई निर्देशन दिएका छन् । लगानी सम्मेलन निर्देशक समितिको बैठकमा मन्त्री पुनले सम्मेलनलाई फलदायी बनाउने तर्फ गृहकार्य गर्न निर्देशन दिएका हुन् ।

आगामी बैशाख १६ र १७ गते काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन हुदैछ । सम्मेलनको दिन नजिकिदै गर्दा अर्थमन्त्रीले सरोकारवालासँगको छलफल बढाएका हुन् ।

लगानी सम्मेलन निर्देशक समितिका संयोजक समेत रहेका मन्त्री पुनले मुलुकभित्र उत्पादन र रोजगारीका अवसरहरू सिर्जना गर्ने गरि पूर्वाधार विकासलगायतका सम्भावना खोज्न सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहने बताए ।

अर्थमन्त्री पुनले विभिन्न देशमा रहेका नेपाली कार्यालयको माध्यमबाट पनि लगानी सम्मेलनलाई सफल बनाउन पहल गर्नु पर्ने बताए । अवैतनिक दुतहरुसँग पनि भर्चुअल बैठक बसेर लगानी सम्मेलनको प्रचार प्रसार गर्न निर्देशन दिए । उनले लगानी सम्मेलनका लागि गैर आवासीय नेपालीहरुले बढी चासो देखाइरहेकाले उनीहरुलाई पनि बैठकमा सहभागी गराइ उनीहरुको सुझाव लिन सकिने बताए ।

#अर्थमन्त्री #वर्षमान_पुन #लगानी #सम्मेलन

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ७, २०८० ११:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट