मधेशले आज स्वाभिमान दिवस मनाउँदै

  • मिसन संवाददाता
  • बुधबार, माघ ३, २०८० ११:२२
मधेशले आज स्वाभिमान दिवस मनाउँदै

मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै छ । २०७८ माघ ३ गते प्रदेशको नामकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएको अवसरमा आज स्वाभिमान दिवस मनाउन लागिएकाे हाे ।

२६ पुसमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले ३ माघलाई स्वाभिमान दिवसको रूपमा मनाउने निर्णय गरेको थियाे ।

३ माघ २०७८ मा बसेको प्रदेशसभाको बैठकले तत्कालीन २ नम्बर प्रदेशलाई मधेश प्रदेश नामाकरण गरेको थियो भने अस्थायी राजधानी जनकपुरधामलाई स्थायी राजधानी तोकेको थियो ।

मधेशका पहिलो मुख्यमन्त्री मोहम्मद लालबाबु राउत नेतृत्वको सरकारले लामो प्रयासपछि प्रदेशको नामकरण र राजधानी चयन गरेको थियो ।

  • मिसन संवाददाता
  • बुधबार, माघ ३, २०८० ११:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट