अमेरिका निवासी समाजसेवी तथा सामाजिक व्यक्तित्व पद्मा प्रधान संरक्षक रहेको संस्था प्रेम पूर्ण प्रताप फाउण्डेशनले डोटी र दाङमा संचालित सहिद स्मृति माध्यमिक विद्यालयहरुलाई खेलकुद सामग्री वितरण गरेको छ । सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनका केन्द्रिय सदस्य कुलबीर धौलाकोटीको पहलमा उक्त सामग्री संस्थाले उपलब्ध गराएको हो ।
समाजसेवी पद्मा प्रधानका अनुसार दुवै विद्यालयलाई ५०-५० हजारका दरले कुल एक लाखको खेलकुद सामग्री हस्तान्तरण गरिएको हो । आज एक कार्यक्रमका बीच दुवै विद्यालयहरुमा खेलकुद सामग्रीहरु हस्तान्तरण गरिएको छ । दोलखा पुर्खौली थलो भएकी प्रधान सु:प्रसिद्ध समाजसेवी हुन् ।