अमेरिकी आधार शिविरमा ड्रोन आक्रमण, ३ सैनिकको मृत्यु

  • मिसन संवाददाता
  • सोमवार, माघ १५, २०८० १३:0१
अमेरिकी आधार शिविरमा ड्रोन आक्रमण, ३ सैनिकको मृत्यु

सिरियासँग जोडिएको जोर्डनको सीमा क्षेत्रमा रहेको अमेरिकी आधार शिविरमा ड्रोन आक्रमण हुँदा ३ अमेरिकी सैनिकको मृत्यु भएको छ। आक्रमणमा परी दर्जनौं घाइते भएका बताइएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त हमला ‘कट्टरपन्थी इरान समर्थित लडाकु समूह’ले गरेको बताएका छन्। उक्त हमलाको अमेरिकाले जवाफ दिने बाइडेनको भनाइ छ।

इजरायलमा हमासले अक्टोबर ७ मा गरेको आक्रमणपछि यस क्षेत्रमा भएको यो पहिलो आक्रमण हो, जसमा अमेरिकी सैनिक मारिएका छन्। जोर्डनले उक्त आक्रमण आफ्नो सीमाभित्र नभइ सिरियामा भएको बताएको छ।

ह्वाइट हाउस सचिवालयका अनुसार आइतबार बिहान अमेरिकी रक्षा सचिव लोयड अस्टिन र अन्य अधिकारीहरुले आक्रमणका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए। परिवारलाई सूचित गर्ने काम भइरहेकाले मारिएका र घाइते भएका सैनिकहरूको नाम अझै सार्वजनिक नगरिएको बताइएको छ।

  • मिसन संवाददाता
  • सोमवार, माघ १५, २०८० १३:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट