सहकारीका ठग कतारमा पक्राउ परे

  • मिसन संवाददाता
  • शनिबार, माघ २७, २०८० 0७:५५
सहकारीका ठग कतारमा पक्राउ परे

ठगी मुद्दामा फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–३२, तीनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धकलाई इन्टरपोलमार्फत कतारमा पक्राउ गरी नेपाल ल्याइएको छ।

नेपाल प्रहरीका अनुसार बाँके, नेपालगन्ज उपमहानगरपालिका–४, गणेशपुर घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने ३८ वर्षीय प्रमोद सिजापतिलाई एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ गरी माघ २६ गते नेपाल फिर्ता ल्याइएको हो।

उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनका लागि प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

  • मिसन संवाददाता
  • शनिबार, माघ २७, २०८० 0७:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट