भक्तपुरको क्रिष्टल डेन्टल हस्पिटलले सहिद/बेपत्ता सन्ततिको निशुल्क उपचार गर्ने

  • मिसन संवाददाता
  • सोमवार, माघ २९, २०८० १0:४५
भक्तपुरको क्रिष्टल डेन्टल हस्पिटलले सहिद/बेपत्ता सन्ततिको निशुल्क उपचार गर्ने

भक्तपुरको गट्ठाघरस्थित क्रिष्टल डेन्टल हस्पिटलले जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका सन्ततिहरुको निशुल्क मुख तथा दन्त स्वास्थ्य सेवा सम्बन्धि सम्पुर्ण उपचार निशुल्क गर्ने भएको छ ।

हस्पिटलमा हिजो भएको सम्झौता बमोजिम क्रिष्टल डेन्टल हस्पिटलले दुई वर्षसम्म यो सेवा प्रदान गर्ने छ । फागुन १ गते जनयुद्ध दिवसको दिनदेखि सम्झौता लागु हुने क्रिष्टल डेन्टल हस्पिटलका अध्यक्ष तथा संचालक डा. अच्युत भट्टले बताए । सम्झौतामा डा. भट्ट र सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको तर्फबाट महासचिव जटिल कार्कीले हस्ताक्षर गरेका छन् ।

फाउन्डेसनको सिफारिसको आधारमा हस्पिटलले नि:शुल्क सेवा उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । हस्पिटलका अध्यक्ष तथा संचालक डा. भट्ट माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष समेत हुन्

  • मिसन संवाददाता
  • सोमवार, माघ २९, २०८० १0:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट