वरिष्ठ अभिनेता मिथुन चक्रवर्ती अस्पतालमा भर्ना

  • मिसन संवाददाता
  • आइतवार, माघ २८, २०८० ११:३३
वरिष्ठ अभिनेता मिथुन चक्रवर्ती अस्पतालमा भर्ना

काठमाडौं । वरिष्ठ अभिनेता मिथुन चक्रवर्ती अस्पतालमा भर्ना भएका छन् । एक फिल्मको सुटिङका क्रममा उनले छातिको दुखाइ महसुस भएको बताएपछि शनिबार कोलकाताको एक निजी अस्पतालमा भर्ना गरिएको हो।

उनले शनिबार बिहान छाती दुखेको गुनासो गरेका थिए । अभिनेताका नजिकका मानिसहरूका अनुसार उनलाई असहज महसुस भएको थियो, त्यसपछि उनलाई अस्पताल लगिएको थियो।

७४ वर्षीय चक्रवर्तीको एमआरआई जाँच गरिएको छ। शनिबार फिल्म ‘शास्त्री’को सुटिङ गरिरहेका क्रममा उनको स्वास्थ्यमा खराबी आएको थियो । र तुरुन्तै अस्पताल पुर्‍याइयो।

तर, ई टाइम्ससँग कुरा गर्दै मिथुनका छोरा महाक्षय चक्रवर्तीले बुबा पूर्णतया स्वस्थ रहेको बताएका छन् । उनले नियमित चेकअपका लागि मात्र अस्पताल लगिएको बताए ।

  • मिसन संवाददाता
  • आइतवार, माघ २८, २०८० ११:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट