लिग–२ : नेपाल र नामिबिया भिड्दै

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० 0८:३६
लिग–२ : नेपाल र नामिबिया भिड्दै

आईसीसी क्रिकेट विश्व कप लिग–२ को पहिलो शृङ्खला बिहीबारदेखि नेपालमा सुरु हुँदै छ । शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी हुने छन् ।

हालै घरेलु मैदानमा सम्पन्न क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला ३–० ले ‘क्लिन स्विप’ गरेपछि उत्साही देखिएको नेपाली टोलीले लिग–२ को पहिलो खेल बिहीबार नामिबियासँग खेल्नेछ । याे खेलमा जित हात पार्दै शुरु गर्ने तयारीमा नेपाल रहेकाे छ ।

नेपालले दोस्रो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । लिग–२ का खेलहरु कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छन् । लिग–२ प्रतियोगितामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सका अतिरिक्त क्यानडा, ओमन, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिका पनि छन् ।

घरेलु मैदानमा आयोजना हुने लिग–२ को पहिलो शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ ।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० 0८:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट