क्यानडा–११ लाई लगातार २ झड्का, प्रतिश र रासिदले दिलाए विकेट

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन ६, २०८० १३:५७
क्यानडा–११ लाई लगातार २ झड्का, प्रतिश र रासिदले दिलाए विकेट

क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले दिएको २१७ रनको लक्ष्य पछ्याएको क्यानडा ११ लाई दोस्रो झड्का लागेको छ । खेलको २।३ ओभरमा प्रतिश जीसीको बलमा श्रीमन्था विजयरत्ने आउट भएका छन् । उनी ५ रनमा आउट भएका हुन् । मिडअफमा श्रीमन्था विजयरत्ने मयन यादवबाट क्याच आउट भएका हुन् ।

भने भर्खरै २ रन बनाएर खेलिरहेका आरोन जोनसन आउट भएका छन् । रासिद खानको बलमा उनी आउट भएका हुन् ।

राशिद खानको बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेपछि हाइ गएको बल साहब आलमले केहि समय लिँदै क्याच लिएका हुन् । आरोन जोनसन आउट भएसँगै क्यानडा दबाबमा परेको छ ।

मूलपानीस्थित क्रिकेट मैदानमा ताजा अवस्थामा क्यानडा ११ ले २ विकेट गुमाएर ९ रन जोडेको छ ।

नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेल्न लागेको यो पहिलो एकदिवसीय शृंखला हो । आजको खेलपछि नेपालले मंगलबार दोस्रो र बिहीबार शृंखलाको अन्तिम खेल खेल्नेछ ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन ६, २०८० १३:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट