मान्छे मारेर हिरासत पुगेपछि यसरी बन्छ सेटिङ्गमा लाईसेन्स

  • मिसन संवाददाता
  • बिहिबार, पुस २६, २०८० १२:४३
मान्छे मारेर हिरासत पुगेपछि यसरी बन्छ सेटिङ्गमा लाईसेन्स

लिखित परीक्षा र ट्रायलविनै एक लाख दुई हजार सवारी लाइसेन्स जारी गरिएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । बुधबार यातायात व्यवस्था विभागबाट अख्तियारले फर्जी लाइसेन्सका कागजात लगेको छ ।

छानबिनको नेतृत्व गरेका अनुसन्धान अधिकृतसहितको टोली विभाग पुगेर कागजात लगेको हो । केही समयअघिदेखि नै अख्तियारले यस सम्बन्धमा छानबिन गरिरहेको स्रोतले बतायो । विभागले गरेको आन्तरिक छानबिनले विषयलाई थप उजागर गरिदिएपछि अख्तियारले अनुसन्धानलाई तीव्र बनाएको छ ।

विभागले गरेको छानबिन प्रतिवेदन पनि अख्तियारलाई बुझाएको छ । एक महिनाअघि विभागले सूचना प्रविधि शाखा प्रमुख उपसचिव मुकेश रेग्मीको संयोजकत्वमा विभागकै शाखा अधिकृत अर्जुन अधिकारी, आइटी इन्जिनियर बोधराज बराल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसपी तपनकुमार दाहाल सदस्य रहने गरी छानबिन समिति गठन गरेको थियो । समितिले गत शुक्रबार महानिर्देशक रिजाललाई प्रतिवेदन बुझाएको थियो ।

हाम्रो मिसनलाई प्राप्त एक अति गोप्य सुचना अनुसार मोटरसाईकलको मात्र सवारी लाइसेन्स भएका शशांक बस्याल (सवारीचालक अनुमतिपत्र नम्वर 01-08-01021749) ले कार चलाउँदा दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको थियो । बस्याल अहिले पनि हिरासतमै थिए। तर उनि भित्रै हुँदा उनको नाममा बाहिर लाईसेन्स बनिसकेको छ ।

यातयात व्यवस्था विभागमा कार्यरत एक कम्प्युटर ईन्जिनियरले मोटो रकम लिई, जालसाजी गरी मिलेमतोमा निज बस्याललाई मोटरसाईकल र कार दुबै बर्गको नक्कली लाईसेन्स (सवारीचालक अनुमतिपत्र नम्वर 01-08-01165504) उपलब्ध गराएको र हाल सवारी ज्यान मुद्धाका अभियुक्त बस्याल हिरासत मुक्त भएको बताईन्छ ।

लिखित परीक्षा र ट्रायलविनै सवारी लाइसेन्स जारी गरिएको सम्बन्धमा यो त एउटा प्रतिनिधि घटना मात्रै हो । यस्ता लाखौं लाईसेन्सको विषयमा गृहमन्त्रीको निर्देशन पछि छानबिन सुरु भएको छ ।

  • मिसन संवाददाता
  • बिहिबार, पुस २६, २०८० १२:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट