वनमा भ्रष्ट्राचार गर्ने राप्रपाका सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १५:१८
वनमा भ्रष्ट्राचार गर्ने राप्रपाका सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

राप्रपाका लुम्बिनी प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राप्रपा सांसद जानकी प्रसाद यादवसहित १९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुमा अनियमितता भएको भन्दै १९ जनाविरुद्ध मुद्दा दायर भएको हो। आर्थिक वर्ष २०७४/७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरुको ३७ हजार क्युफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराई कर्मचारीहरुँसगको मिलेमतो गरी केही काठ लुकाएर स–मिलमा बिक्री गिरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको हो।

कपिलवस्तु क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका हुन्। रुख कटान गरी मिलमेतामा गोरखा मनकामना काष्ठ फर्निचर उद्यागे काठमाडौंमा बिक्रि गरी भ्रष्टाचार गरिएको अख्तियारको दाबी छ।

१९ जना मिलेर २९ लाख १२ हजार १९३ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। सांसद यादवसहित तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजन वन अधिकृत दुर्गाबहादुर कार्की, उक्तको कार्यान्वय इकाईका तत्कालीन संयोजक वन अधिकृत महेन्द्रराज वाग्लेसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।



  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १५:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट