ललितपुरमा ११ बजे राति ग्याङ फाइट : २ जना ठहरै

  • मिसन संवाददाता
  • सोमवार, चैत्र १२, २०८० 0७:५८
ललितपुरमा ११ बजे राति ग्याङ फाइट : २ जना ठहरै

ललितपुर महानगरपालिका- २६ ढोलाहिटीमा गएराति ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार राति अन्दाजी ११ बजे ढालाहिटीस्थित सडकमै ग्याङ फाइट हुँदा दुई युवकको मृत्यु भएको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

‘घटनामा करिब २८ वर्षाीय रोवश राई र करिव २९ वर्षीय पुजन राईको मृत्यु भएको हो,’ एसपी सुवेदीले भने, ‘घटनामा संलग्न भएको आशंकामा हामीले १८ जनालाई नियन्त्रणमा लिएका छौँ।’

मृतक युवाको छात्ती र तिघ्रामा छुरा प्रहार गरेको गहिरो घाउ छ। रोवशको पाटन अस्पताल र पुजनको सुमेरु अस्पतालमा मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए।

मृतक दुई युवा र पक्राउ परेका १८ जना होली खेलेको हुलियामा छन्। उनीहरुबीच होली खेल्नै क्रममा कुनै विवाद भएर ग्याङ फाइट भएको आशंका प्रहरीले गरेको छ।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र १२, २०८० 0७:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट