नेपाल राजतन्त्र २०५८ सालमै गइसकेको थियो, ज्ञानेन्द्र नक्कली राजा हुन् : केपी ओली

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १७:२१
नेपाल राजतन्त्र २०५८ सालमै गइसकेको थियो, ज्ञानेन्द्र नक्कली राजा हुन् : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असली राजतन्त्र २०५८ सालमै समाप्त भएको बताएका छन् ।

एमाले केन्द्रीय समितिको सातौं बैठकमा उद्घाटन मन्तव्य राख्दै ओलीले सो कुरा बताएका हुन् । उनले असली राजतन्त्र २०५८ सालमै समाप्त भए पनि केही व्यक्ति आफ्नो दुनो सोझ्याउन राजा ल्याउने भनेर लागिपरेको बताए ।

उनले भने, ‘अहिले गएको राजतन्त्र नक्कली हो, सक्कली राजतन्त्र २०५८ सालमा गएको थियो । राजाको जेठो छोरो राजा हुने परम्परा हो । वंशविनाश गरेर राजतन्त्र सिद्धिइसकेपछि कि लिगलिगमा जानु पर्‍यो। त्यतिबेलाको राजनीतिक नेतृत्वको कमजोरीले गर्दा जालझेल गरेर ज्ञाजेन्द्रलाई राजा बनाइएको हो । मैले यसअघि पनि भनेको थिएँ, कुशको राजा बनाइएको हो । गैर संवैधानिक ढंगले बनाइएको कुशको राजतन्त्र २०६३ को आन्दोलनको रापतापले बिदा गर्‍यो ।’

गठबन्धनको असफलताका कारण दक्षिणपन्थीले टाउको उठाउने काम गरेको उनको दाबी छ । सरकारको असफलताका कारण जनताले फालेको राजतन्त्र फेरि ल्याउने मिठो सपना देखेर हिँडिरहेको उनको भनाई छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १७:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट