माओवादीको स्थायी समिति बस्दै : पुरष्कृत र कारबाही हुनेको नाम सार्वजनिक हुँदै

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १३, २०८० 0९:३३
माओवादीको स्थायी समिति बस्दै : पुरष्कृत र कारबाही हुनेको नाम सार्वजनिक हुँदै

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुनेछ । बैठकमा माओवादी रुपान्तरण विशेष अभियानअन्तर्गत राम्रो काम गर्नेलाई सम्मान र काममा नखटिएकाहरूलाई कारबाहीका साथै सम्मानित र कारबाहीमा परेका तीन/तीन जनाको नाम सार्वजनिक गरिने बताइएको छ ।

साथै स्थायी कमिटी सदस्यहरूले उठाएको प्रश्नको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन १३, २०८० 0९:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट