उपभोक्ता समितिबाट ५ लाख घुस लिएका मेयरले सफाई पाए

  • मिसन संवाददाता
  • शुक्रबार, माघ ५, २०८० १६:५३
उपभोक्ता समितिबाट ५ लाख घुस लिएका मेयरले सफाई पाए

घुस बापत लिएको नगद रकम र चेकसहित पक्राउ परेका रौतहटको देवाही गोनाही नगरपालिकाका तत्कालीन नगर प्रमुख (मेयर) धर्मेन्द्र प्रसाद पटेल र उनका सहयोगी अशोक प्रसाद पटेलले सफाइ पाएका छन्।

विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरुलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो।

अख्तियारका अनुसार उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा नगरप्रमुख पटेलले सेवाग्राहीसँग ५ लाख घुस माग गरेका थिए।

घुस वापत २ लाख ५० हजार नगद र २ लाख ५० हजारको चेक बुझिसकेको अवस्थामा २०७८ फागुन १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो। डिएसपी पुष्प मल्लको नेतृत्वमा खटिएको टोलीले मेयर पटेललाई उनकै कक्षबाटै रङ्गे हात पक्राउ गरेको थियो।

  • मिसन संवाददाता
  • शुक्रबार, माघ ५, २०८० १६:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट