चन्दा उठाउंदै हिड्ने हरिहरपुरगढीका अधिकारी समातिए

  • मिसन संवाददाता
  • बिहिबार, पुस १२, २०८० १२:१८
चन्दा उठाउंदै हिड्ने हरिहरपुरगढीका अधिकारी समातिए

व्यापारीलाई डरत्रास देखाएर जबर्जस्ती चन्दा असुल्दै हिँडेको आरोपमा प्रहरीले सर्लाहीबाट दुई जनालाई पक्राउ गरेको छ।

पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन नगरपालिका-११ को बजार क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका- ७ घर भएका ४५ वर्षीय चेतनाथ अधिकारी र रौतहटको चन्द्रपुर नगरपालिका- १ घर भएका ५० वर्षीय राजु हाडा छन्।

उनीहरुको साथबाट महासचिव महावीर, नेकपा (माओवादी) लेखिएको चन्दा रसिदको चारवटा प्याड बरामद गरिएको गिरीले जानकारी दिए।

  • मिसन संवाददाता
  • बिहिबार, पुस १२, २०८० १२:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट