सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलले कांग्रेसबाट राष्ट्रियसभामा नवनिर्वाचित सदस्यहरूलाई प्रशिक्षण दिने भएको छ ।
बहालवाला र नवनिर्वाचित राष्ट्रियसभामा कांग्रेसका सदस्यहरूलाई आज प्रशिक्षण दिन लागिएको हो । यसका साथै कांग्रेसले उनीहरूबीच छलफल पनि गराउने भएको छ ।
छलफल कार्यक्रम सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान साढे १० बजेबाट सुरु हुनेछ ।