दुई न्यायाधिशले किन जागिरबाट हात धोए ?

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १४, २०८० 0८:१0
दुई न्यायाधिशले किन जागिरबाट हात धोए ?

न्याय परिषद्‌को बैठकले लामो अनुसन्धानपछि उच्च अदालत र जिल्ला अदालतका एक/एक न्यायाधीशलाई पदबाट बर्खास्त गर्न सिफारिस गरेको छ। आइतबार बसेको परिषद्‌को बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गरेको हो। त्यस्तै परिषद्‌ले जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई सचेत गराएको छ।

प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्‌को बैठकले उक्त निर्णय लिएको हो। उनीहरुमाथि लामो समयदेखि अनुसन्धान भइरहेको थियो।

विगतमा तत्कालीन प्रधानन्यायाधीश दीपककुमार कार्कीको समयमा केही न्यायाधीश कारबाहीमा परेका थिए। कार्कीकै समयदेखि न्यायाधीशहरुमाथि गम्भीर छानविन चलेको थियो। पछिल्लो समय तीन न्यायाधीशहरु थपलिया,निरौला र कोइराला छानविनमा थिए।

उनीहरुमाथि परेको उजुरी, उनीहरुले गरेका विवादित फैसला र अन्य विवरणहरुको अध्ययनपछि परिषद्‌ले दुई न्यायाधीशलाई बर्खास्त गर्ने र एकलाई सचेत गराउने निर्णय लिएको हो। अर्का न्यायाधीश पशुराम भट्टराई पनि छानबिनमा परेका थिए। उनले बीचमा राजीनामा दिएर उन्मुक्ति पाएका थिए।

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १४, २०८० 0८:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट