वाफ वुमन्स च्याम्पियनसिप : सेमिफाइनलमा लेबनानसँग भिड्दै नेपाल

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १५, २०८० 0९:0३
वाफ वुमन्स च्याम्पियनसिप : सेमिफाइनलमा लेबनानसँग भिड्दै नेपाल

साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल आज सेमिफाइनलमा लेबनानसँग भिड्दै छ। दुई देशबीचको प्रतिस्पर्धा जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नेपाली समयानुसार राति पौने ११ बजे सुरु हुनेछ।

नेपाल समूह बीको विजेता बन्दै वाफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हो। नेपाली समयानुसार आजै राति राति पौने ८ बजे सुरु हने पहिलो सेमिफाइनलमा जोर्डन र प्यालेस्टाइनबीच भिड्दै छन्।

फाइनल खेल आगामी बिहीबार हुनेछ।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १५, २०८० 0९:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट