‘छक्का पन्जा ४’ टिमले प्रचार नगर्दा बेनिशा र मलिना मारमा

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन १३, २०७९ १६:४५
‘छक्का पन्जा ४’ टिमले प्रचार नगर्दा बेनिशा र मलिना मारमा

काठमाडौं । दीपकराज गिरी र उनको टिमले फिल्मको प्रचारका लागि कुनै कसर छोड्दैनन् । तर, यसपटक भने उनीहरु प्रचारमा सक्रिय छैनन् । फिल्मको एउटा गीत र ट्रेलर छाड्नु बाहेक उनीहरु प्रचारबाट टाढा छन् । उनीहरु, मिडियासँग अन्तरक्रिया, फ्यान मिटिङ लगायतका कार्यक्रमबाट पनि टाढा देखिएका छन् । दीपकराज गिरी, दीपाश्री निरौला जस्ता कलाकारको फिल्म पहिलो पटक प्रचारको नयाँ तरिका अपनाइरहेका छन् ।

तर, प्रचारमा सुस्त शैली अपनाउँदा यसका दुई नायिका बेनिशा हमाल र मलिना जोशी भने मारमा परेका छन् । यो फिल्मको सुपरहिट हिट ‘दर्शन सलाम’मा यी दुबै नायिका छैनन् । बरु, यो गीत हिट हुँदा नायिका स्वस्तिमा खड्कालाई फाइदा भैरहेको छ । फिल्मका मुख्य नायिका भने ओझेलमा छन् ।

यी दुबै नायिका फिल्म क्षेत्रमा करिअर बनाउन लामो समयदेखि लागिपरेका छन् । तर, दर्शकले अझै यी दुइलाई अपेक्षित नोटिस गर्न सकेका छैनन् । यस्तो, समयमा एउटा चर्चित ब्रान्ड फिल्मसँग जोडिन पाउँदा उनीहरुले प्रचार पनि राम्रै हुने अपेक्षा गरेका थिए । तर, यसपटक नै उनीहरु जिल्ल पर्नु पर्ने अवस्था आएको छ ।

फिल्मको ट्रेलरमा बेनिशा हमालले राम्रै स्थान पाएकी छिन् । मलिना जोशीले भने ट्रेलरमा पनि गतिलो स्थामन पाएकी छैनन् । यसैले, पनि भोली फिल्म हिट हुँदा पनि यी दुइले क्रेडिट पाउने संभावना कम छ । बेनिशा र मलिनालाई ‘छक्का पन्जा ४’बाट हिस्स हुने अवस्था नआओस् ।

  • मिसन संवाददाता
  • शनिबार, फाल्गुन १३, २०७९ १६:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट