राष्ट्रियसभा अध्यक्ष दाहालले लिए सपथ

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन २९, २०८० १७:४0
राष्ट्रियसभा अध्यक्ष दाहालले लिए सपथ

मंगलबार मात्रै राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन्।

दाहाललाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ (क) को अनुसूची २ बमोजिम शपथ दिलाएका हुन्।

राष्ट्रपतिको कार्यालय महाराजगञ्‍जमा आयोजित एक समारोहबीच दाहालले शपथ लिँदा उच्च पदस्थ व्यक्तित्वहरू पनि उपस्थित थिए।

राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार भएको मतदानमा दाहाललाई नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलले साथ दिए।

दाहाललाई अध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत खस्यो भने विपक्षमा १७ मत झरेको थियो।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन २९, २०८० १७:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट