त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पीएनजीसँग भिड्दै नेपाल

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ३०, २०८० 0८:३३
त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पीएनजीसँग भिड्दै नेपाल

हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधिका लागि नेपाल आज (बुधबार) पपुवा न्यु गिनी (पीएनजी) सँग भिड्दै छ।

हङकङको मोङ कोक मैदानमा हुने फाइनल खेल नेपाली समयानुसार बिहान ११:४५ बजे सुरु हुनेछ।

नेपाल पीएनजीलाई नै ८५ रनले हराउँदै शीर्ष स्थान रहेर फाइनलमा पुगेको हो भने पीएनजीले हङकङलाई १० विकेटले हराएर नेपालसँगको भेट पक्का गरेको हो।

नेपाल पीएनजीविरुद्धको अपराजित यात्रा कायमै राखेर उपाधि जित्ने योजनामा छ।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ३०, २०८० 0८:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट