राजेन्द्र पाण्डेको संकेत : सरकारबाट फिर्ता हुन सक्छौ !

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र १, २०८० १७:0४
राजेन्द्र पाण्डेको संकेत : सरकारबाट फिर्ता हुन सक्छौ !

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता जनाएका कुरा पूरा नभए सरकारबाट बाहिरिने बताएका छन् ।

बिहीबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पाण्डेले आफ्नो पार्टीसँग प्रधानमन्त्री प्रचण्डले गरेका प्रतिबद्धता पूरा नभए सरकारबाट बाहिरिने बताएका हुन् । उनले प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता पूरा नगरेको खण्डमा असार ३१ गतेसम्म आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए ।

‘प्रधानमन्त्री प्रचण्डजीलाई मैले स्पष्ट नै भनेको छु, तपाईंले बोलेको कुरा पूरा गर्नुभएन भने असार ३१ गते बिदा हुनुहुन्छ । तपाईं बिदा हुनुहुन्छ । भोट हाल्दैनौँ भनेको छु । १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँभन्दा बढ्ता के भन्नु ?,’ उनले भने, ‘प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे बाहिर निस्किन्छौँ ।’

उपाध्यक्ष पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन सुझाव दिए । उनले प्रधानमन्त्री प्रचण्डका प्रतिबद्धता पूरा नभए आगामी आर्थिक वर्षको बजेटमा समर्थन दिन नसक्ने बताए ।

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र १, २०८० १७:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट