विद्यालयमा पुस्तकालय स्थापना

  • मिसन संवाददाता
  • सोमवार, बैशाख ४, २०८० १२:२२
विद्यालयमा पुस्तकालय स्थापना

स्थानीय युनाइटेड क्लबले पोखरा महानगरपालिका–३३ स्थित तल्लो पुँडिटारको भुलभुला आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । क्लबको १३औंँ वार्षिकोत्सवको अवसरमा उक्त विद्यालयको एक कोठामा पुस्तकालयका लागि आवश्यक पुस्तक र फर्निचर उपलब्ध गराएर विद्यालयलाई हस्तान्तरण गरेको हो । उक्त वडाका वडाध्यक्ष रामचन्द्र अधिकारीले पुस्तकालय उद्घाटन गर्दै यसको संरक्षण र थप व्यवस्थापनका लागि वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वडामा भौतिक तथा मानव विकासको आवश्यता रहेको र सोहीअनुरुप काम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । युनाइटेड क्लबका सल्लाहकार तीर्थ श्रेष्ठले आफूहरुले स्थापना कालदेखि समाजमा उल्लेखनीय काम गर्दै आइरहेको उल्लेख गर्दै पुस्तकालय स्थापना गर्नु पनि सामाजिक क्षेत्रमा उदाहरणीय कार्य भएको बताउनुभयो । विद्यालयका प्रध्यानाध्यापक छविलाल पौडेलले महानगरपालिकाभित्र रहेर पनि यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पुस्तकालयको अभाव खड्किरहेको अवस्थामा पुस्तकालय स्थापना गरिएकामा आभार व्यक्त गर्नुभयो । क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले स्थापना कालदेखिनै यस संस्थाले पोखरा महोत्सव आयोजना गरी सामाजिक, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रमा काम गर्दै आइरहेको बताउनुभयो । उहाँले युवा जोश र उत्साहका साथ क्लबले विभिन्न क्षेत्रको समस्या पहिचान गरी सहयोग पनि गर्दै आएको जानकारी दिनुभयो । क्लबका अध्यक्ष राजु श्रेष्ठले सामाजिक क्षेत्रमा क्रियाशील क्लबले एकदर्जन बढी सामुदायिक विद्यालयमा अक्षयकोष, छात्रवृत्ति कोष, पुस्तकालय स्थापना, शैक्षिक सामग्री वितरणजस्ता कार्यक्रम गर्दै आइरहेको जानाकारी दिनुभयो । उहाँले यस विद्यालयको पुस्तकालयका लागि आवश्यक फर्निचर र विभिन्न उपयोगी पुस्तक गरेर करिब रु एक लाख बराबरको सामग्री हस्तान्तरण गरिएको जानकारी गराउनुभयो ।

  • मिसन संवाददाता
  • सोमवार, बैशाख ४, २०८० १२:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट