चौथो पटक मन्त्री बन्दै दिपक मनाङे

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ५, २०८० १३:२0
चौथो पटक मन्त्री बन्दै दिपक मनाङे

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) लाई गण्डकी प्रदेश सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

मनाङेलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बनाउने तयारी गरिएको छ ।

मनाङे चौथोपटक गण्डकीको मन्त्री बन्न लागेका हुन् । यसअघि उनी एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा दुईपटक र कांग्रेसका कृष्णचन्द्र नेपालीको सरकारमा एकपटक युवा तथा खेलकुदमन्त्री बनेका थिए ।

सामाजिक विकासमा यसअघि माओवादी केन्द्रकी सुशीला सिम्खडा मन्त्री थिइन् । केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ५, २०८० १३:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट