राजतन्त्रको वकालत गर्ने माओवादीका केन्द्रिय सदस्य पार्टीबाट निकालिए

  • मिसन संवाददाता
  • शनिबार, पुस २८, २०८० २0:0७
राजतन्त्रको वकालत गर्ने माओवादीका केन्द्रिय सदस्य पार्टीबाट निकालिए

नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानमा नखट्ने नेताहरूलाई कारबाही गर्ने तयारी गरेको छ । शनिबार बसेको पार्टीको स्थायी समिति बैठकमा धारणा राख्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो जानकारी दिएका हुन् ।

ती सदस्यका अनुसार अभियानका लागि गठन गरिएको मूल्याङ्कन विभाग र अनुशासन विभागले गरेको मूल्याङ्कनका आधारमा कारबाही र पुरस्कारको काम अघि बढ्नेछ । आजको बैठकमा दशवटै प्रदेशका इन्जार्चहरुले रिपोर्टको सार प्रस्तुत गरेका थिए । यसबारे विस्तृत छलफल माघ २६, २७ र २८ गते स्थायी कमिटी बैठकमा गरिनेछ ।

यता पार्टीले माओवादी छाडेर अन्य पार्टीमा प्रवेश गरेका केन्द्रीय सदस्यहरू विरु तामाङ र उमा विकलाई कारबाही गर्ने निर्णय गरेको छ । वाईसियलको केन्द्रिय उपाध्यक्ष समेत बनेका तामाङ्ग रामबहादुर थापा (बादल) गृहमन्त्री हुँदा स्वकीय सचिव थिए । पछि बादल एमालेतिर लागेपछि उनी पनि उतै लागे। वर्षमान पुनले उनलाई फेरी माओवादीमा फर्काएका थिए ।

सामाजिक संजालमा सुदिप नामले चिनिने बिरु राजतन्त्रको पक्षमा वकालत गरिरहेको भेटिन्छन ।

  • मिसन संवाददाता
  • शनिबार, पुस २८, २०८० २0:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट