प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र ६, २०८० १0:0९
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने

आज प्रतिनिधिसभाको बैठक बस्दैछ । आज बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी हिनामिना प्रकरणमा मुछिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उनलाई मन्त्री पदबाट हटाउनुपर्ने मागसहित प्रधानमन्त्रीसँग जवाफ माग गरेको छ । सो विषयमा पनि प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, चैत्र ६, २०८० १0:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट