आज साउनको अन्तिम सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनहरूको घुइँचो

  • मिसन संवाददाता
  • सोमवार, साउन २८, २०८१ 0७:२५
आज साउनको अन्तिम सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनहरूको घुइँचो

काठमाडौँ । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।

साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ ।यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयहरूमा भक्तजनले बिहानैदेखि महादेवको पूजा आराधन गरिरहेका  छन् ।

 

  • मिसन संवाददाता
  • सोमवार, साउन २८, २०८१ 0७:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्