हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • घोडेजात्रा
  • लगानी सम्मेलन
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स

बजेट अभावको चपेटामा खेलकुद

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ १0:३१
बजेट अभावको चपेटामा खेलकुद
काठमाडौँ । गुल्मीको सदरमुकाम तम्घासमा आजदेखि शनिबारसम्म राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता छ । पालिकाबाट छनोट भएका खेलाडीलाई जिल्लाबाट छनोट गरेर प्रदेशमा पठाइनेछ । यहाँ जिल्लाका १२ पालिकाबाट एक हजार तीन सय ६० खेलाडी प्रतिस्पर्धामा सहभागी हुनेछन् । जसबाट ७६ खेलाडी छनोट भएर प्रदेशमा जानेछन् । गुल्मीले छ विधाका खेलमा सहभागी जनाउने छ । भलिबल, कबड्डी, लङजम्प, तेक्वान्दो, कराते र मार्सल आर्टमा खेलाडी छनोट गरिँदै छ । पालिकामा छनोट भएका खेलाडी जिल्लामा छनोट गरेर प्रदेशमा पठाउने भूमिका पाएको जिल्ला खेलकुद विकास समिति गुल्मी भने आर्थिक पिरलोमा छ । वर्षभरमा समितिले एक वा दुई यस्तै खेलाडीको छनोट गर्नेबाहेक अन्य भूमिका पाउन सकेको छैन् । यो भूमिकालाई पनि व्यवस्थित गरेर लैजान समितिसँग बजेट नभएपछि समस्या हुँदै गएको छ । बजेट अभावको चपेटामा खेलकुद छ । आफूहरुले खर्च गरेर खेल व्यवस्थित गर्न बजेट अभाव रहेको कार्यालय प्रमुख डिल्ली विकले बताउनुभयो । “जिल्लास्तरीय छनोटमा पनि बजेटको आकार कमजोर छ”, पत्रकार सम्मेलनमा विकले भन्नुभयो, “केन्द्र, प्रदेश र पाल्पा हुँदै तम्घास सम्म आउने बजेटले हामीलाई पुग्दैन”, जिल्लामा यस छनोट प्रतियोगिताका लागि केन्द्रले साढे चार लाख विनियोजन गरेको छ । जुन रकम प्रदेश हुँदै कार्यालयले पाल्पाबाट मात्र भुक्तानी पाउने गरेको छ । बजेट अभावको कारण खेल व्यवस्थित बनाउन नसकिएको समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिनुभयो । आफूहरुसँग पर्याप्त रकम नहुँदा सामान्यरुपमा छनोट गर्नुपर्ने अवस्था रहेको श्रेष्ठले बताउनुभयो । “बजेटको चपेटामा खेलकुद क्षेत्र छ”, उहाँले भन्नुभयो, “स्थानीय सरकासँग बजेट छ, सहयोग गर्नुप¥यो ।” स्थानीय तहहरुले आफ्नो तहबाट छनोट गरेर जिल्लासम्मको खर्च बेहोर्दै आएका छन् । जिल्ला खेलकुद विकास समितिले जिल्लाको व्यवस्थापन र प्रदेशसम्मको खर्च बेहोर्दै आएको छ । गत वर्षको राष्ट्रपति रनिङ शिल्डमा खेलकुद विकास समितिको नौ लाख खर्च भएको थियो । साथै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि समितिको नौ लाखकै हाराहारीमा खर्च भएको कार्यालय प्रमुख विकले जानकारी दिनुभयो । साढे चार लाख बाहेकको बजेट भाडाबाट उठ्ने र स्थानीय सरकारसँग मागेर पूरा गरिएको छ । यसपटक पनि कार्यालय खर्च व्यवस्थापनको पिरलोमा छ । जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष गिरीप्रसाद महाकिमले केन्द्र र प्रदेशले दिएको जिम्मेवारी पुरा गर्ने बताउनुभयो । “खेल क्षेत्र राज्यको उपेक्षामा छ, बजेट अभावले खेलकुद चपेटामा छ”, उहाँले भन्नुभयो, “जसोतसो आर्थिक व्यवस्थापन गरेर जिम्मेवारी पूरा गर्छौं ।” स्थानीय पालिकाबाट रु ५०÷५० हजार सहयोग भएमा आफूहरुले खेल क्षेत्रलाई व्यवस्थित गरेर लैजान सक्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष महाकिमको भनाइ छ । बुधबार तम्घासमा पत्रकार सम्मेलन गरेर समितिले खेलाडी छनोटको लागि तयारी पूरा भएको बताएको थियो ।
  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ १0:३१
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

अन्नपूर्णमा अनलाइन राजस्व भुक्तानी सेवा
अन्नपूर्णमा अनलाइन राजस्व भुक्तानी सेवा
राप्रपाका सांसद आज संसदमा उभिने
राप्रपाका सांसद आज संसदमा उभिने
बार्सिलोना ला लिगाको दोस्रो स्थानमा : रियल मड्रिडभन्दा ८ अङ्कले पछि
बार्सिलोना ला लिगाको दोस्रो स्थानमा : रियल मड्रिडभन्दा ८ अङ्कले पछि
क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक
क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक
सडक निर्माण सुरु भएपछि स्थानीयवासी खुसी
सडक निर्माण सुरु भएपछि स्थानीयवासी खुसी
बजेटमा कहिलेसम्म राख्ने कार्यान्वयन नहुने अमूर्त शब्द ?
बजेटमा कहिलेसम्म राख्ने कार्यान्वयन नहुने अमूर्त शब्द ?
यस्ता छन् प्रचण्ड सरकारका एक वर्षे उपलब्धि (पूर्णपाठ)
यस्ता छन् प्रचण्ड सरकारका एक वर्षे उपलब्धि (पूर्णपाठ)
सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने
सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: