हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • उत्तर कोरियाली ह्याकर
  • विनोद चौधरी
  • नेपाल बार एशोसिएशन
  • घोडेजात्रा
  • लगानी सम्मेलन
  • वैदेशिक लगानी
  • संघर्षको कथा
  • सगरमाथा
  • हिमश्रृंखला

उर्लाबारीमा जग्गा विकास तथा हाउजिङ निर्देशिका जारी

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ १0:३६
उर्लाबारीमा जग्गा विकास तथा हाउजिङ निर्देशिका जारी
काठमाडौँ । मोरङको उर्लाबारी नगरपालिकाले जथाभावी हुने प्लटिङ र अव्यवस्थित बसोबासलाई व्यवस्थित तथा योजनाबद्ध बनाउन जग्गा विकास तथा हाउजिङ निर्माणसम्बन्धी निर्देशिका–२०७९ स्वीकृत गरेको छ । उर्लाबारीको बढ्दो सहरीकरण व्यवस्थित गर्न जथाभावी हुने प्लटिङ व्यवसाय रोकी जमिनको संरक्षण गर्न पालिकाले निर्देशिका जारी गरेको नगरपालिकाले जनाएको छ । यसअघि जग्गा कित्ताकाट खुला गरेको नगरपालिकाले जथाभावी हुने प्लटिङ र अव्यवस्थित बसोबास व्यवस्थित र योजनाबद्ध बनाउन जग्गा विकास तथा हाउजिङ निर्माणसम्बन्धी निर्देशिका कार्यपालिका बैठकबाट स्वीकृत गरेको हो । बढ्दो सहरीकरमा ध्यान दिँदै भविष्यमा हुने जोखिम अहिलेदेखि नै नियन्त्रण गर्न निर्देशिका जारी गरेको उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी बताउनुहुन्छ । अधिकारी भन्नुहुन्छ, “सहरको विकासको दीर्घकालीन पक्ष हेरेर निर्देशिका जारी गरिएको छ, यस्ले जथाभावी हँुदै आएको प्लटिङ व्यवसाय नियन्त्रण गरी, व्यवस्थित सहर निर्माणमा सहयोग पु¥याउनेछ ।” निर्देशिका लागू भएपछि जथाभावी निर्माण हुने घर, सडक पूर्वाधार, संरचनालगायतलाई रोक लगाउँदै व्यवस्थित सहरको विकासमा सहयोग पुग्ने नगरप्रमुख गङ्गाप्रसाद खरेलको भनाइ छ । खरेल भन्नुहुन्छ, “व्यक्तिले जथाभावी जमिन खण्डीकरण गरी चिराचिरा पारेका कारण कतिपय ठाउँमा उर्बर जग्गासमेत प्लटिङमा परिणत भएका छन्, त्यसले कृषि उत्पादन हरेक वर्ष घट्दो छ । हाम्रो पालिका कृषिमा निर्भर नगरपालिका हो, कृषि क्षेत्रको संरक्षण गरी बढ्दो सहरीकरण व्यवस्थित गर्न यो निर्देशिका जारी गरीएको हो ।” उर्लाबारीमा यो निर्देशिका जारी भएपछि कुनै व्यक्ति वा संस्थाले नगरपालिका वा सम्बन्धित निकायबाट जग्गा विकास तथा हाउजिङ निर्माण गर्न अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । जग्गा विकास तथा हाउजिङ निर्माणकर्ता व्यक्ति वा संस्थाले नगरपालिकाबाट निर्माणको इजाजत वा सिफारिस पाउन रु तीन लाखदेखि १५ लाखसम्म धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ । आयोजना सम्पन्न भएर सोको प्रतिवेदन पेश भएपश्चात् धरौटी रकम फिर्ता हुने छ । यसबाट कुनै दुर्घटना वा कुनै कारण देखाइ आयोजना सञ्चालन गर्ने निकायले बीचैमा आयोजना अलपत्र पारेमा वा त्यसलाई बेवास्ता गरेमा नगरपालिकाले सो धरौटी रकम जफत गरी खर्च गर्नसक्ने व्यवस्था निर्देशिकामा गरेको छ । निर्देशिकाअनुसार जग्गाधनीले आवासीय र व्यावसायिक जग्गाको किनबेच वा जग्गा उपयोगको प्रयोजनका लागि कित्ताकाट गर्दा जग्गाको मोहडा कम्तीमा ३२ फिट र क्षेत्रफल आठ धुर हुनुपर्ने, एक वर्षमा एक व्यक्तिले एउटा कित्ताबाट तीन टुक्राभन्दा बढी कित्ताकाट गर्न नपाउने प्रावधान छ । कृषि क्षेत्रको हकमा जग्गाको क्षेत्रफल दुई कट्ठा हुनुपर्नेछ तर अंशबण्डाको हकमा यो प्रावधान लागू हुनेछैन । पहिले नै कित्ताकाट भइसकेको जग्गाको हकमा यी मापदण्ड लागू नहुने उल्लेख छ । कार्यपालिका बैठकबाट स्वीकृत निर्देशिका राजपत्रमा प्रकाशित भएर जारी भएको नगरपालिकाले जनाएको छ ।
  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ १0:३६
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

पूर्वप्रधानमन्त्रीद्वय देउवा र  नेपालद्वारा मतदान
पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालद्वारा मतदान
अरुण–जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ
अरुण–जरायोटार खानेपानी आयोजनाको काममा ढिलाइ
पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको २४ घण्टे सूचना
पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको २४ घण्टे सूचना
प्रमुख प्रशासकीय अधिकृत ५० हजार घुससहित पक्राउ
प्रमुख प्रशासकीय अधिकृत ५० हजार घुससहित पक्राउ
बागमती नदिमा ऐतिहासिक र्‍याफि्टङ कार्यक्रम समापन
बागमती नदिमा ऐतिहासिक र्‍याफि्टङ कार्यक्रम समापन
मेरो नाममा पनि राष्ट्रिय सहमति हुनसक्छः नेम्बाङ
मेरो नाममा पनि राष्ट्रिय सहमति हुनसक्छः नेम्बाङ
अतिक्रमित सार्वजनिक जग्गा खोज्दै वीरगञ्ज महानगर
अतिक्रमित सार्वजनिक जग्गा खोज्दै वीरगञ्ज महानगर
एक हजार बढी सरकारीको श्रेस्ता अनुसन्धान गर्दै मन्त्रालय
एक हजार बढी सरकारीको श्रेस्ता अनुसन्धान गर्दै मन्त्रालय
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: