धनकुटाका महेश राईले केपी ओलीलाई एक चड्कन हाने !

  • मिसन संवाददाता
  • बिहिबार, मंसिर २८, २०८० १६:३३
धनकुटाका महेश राईले केपी ओलीलाई एक चड्कन हाने !

नेकपा एमाले अध्यक्ष केपी ओलीलाई धनकुटाको लेगुवामा एक व्यक्तिले आक्रमण गरेका छन्। संकल्प अभियानको क्रममा धनकुटा र भोजपुरको बीचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष ओलीलाई ती व्यक्तिले आक्रमणको प्रयास गरेका हुन्।

फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीलाई आक्रमण गरेका हुन्। उनको आक्रमणलगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए।

महालक्ष्मी-५ धनकुटाका महेश राईले ओलीलाई आक्रमण गरेका हुन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। ओलीमाथि भएको आक्रमणको विषयमा प्रहरीले भने औपचारिक रुपमा कुनै जानकारी दिएको छैन।

  • मिसन संवाददाता
  • बिहिबार, मंसिर २८, २०८० १६:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट