अमेरिकामा विश्वमै पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरेर मृत्युदण्ड दिइयो

  • मिसन संवाददाता
  • आइतवार, माघ १४, २०८० १0:४३
अमेरिकामा विश्वमै पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरेर मृत्युदण्ड दिइयो

अमेरिकाको एलाबामा राज्यमा हत्या आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ ।५८ वर्षीय केनेथ युजिन स्मिथलाई सन् १९८९ मा एलिजाबेथ सेनेटको हत्यामा दोषी ठहर गरिएको थियो।विश्वमै नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको यो पहिलो घटना भएको बीबीसीले जनाएको छ ।

सन् १९८८ को मार्चमा एक हजार डलर पाउने आशमा एलिजाबेथ सेनेटको हत्या गरेको घटनामा स्मिथ र अर्का एक व्यक्ति दोषी ठहर भएका थिए ।अन्तिम मिनेटको अपिलमा हारेपछि उनलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको हो । स्मिथका वकिलहरूले क्रूर र असामान्य सजाय भन्दै अमेरिकी सर्वोच्च अदालत र पुनरावेदन अदालतमा अपिल गरे पनि अदालतले ती अपिलहरु अस्वीकार गरेको थियो ।

  • मिसन संवाददाता
  • आइतवार, माघ १४, २०८० १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट