हाम्रो मिसन
hamro mission
  • गृहपेज
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज्य
    • पूर्वाधार
    • कृषि
    • पर्यटन
    • कर्पोरेट
    • सूचना प्रविधि
    • श्रम तथा रोजगार
    • बैंक बिमा सेयर
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तराष्ट्रिय
  • इन्टरटेनमेन्ट
    • फिल्म
    • विचित्र संसार
    • साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मिसन टि.भी
ट्रेन्डिङ :
  • हिमश्रृंखला
  • कोरोना भाइरस
  • नक्कली सवारी लाईसेन्स
  • नक्कली लाईसेन्स
  • जेविन सर्वहारा
  • वैदेशिक रोजगारी
  • हाम्रो मिसन
  • रोजगार
  • नेपाली क्रिकेट

ढुवानी व्यवसायीको समस्या समाधान गर्न ध्यानाकर्षण

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ १६:१७
ढुवानी व्यवसायीको समस्या समाधान गर्न ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले ट्रक ढुवानी व्यवसायीको समस्याबारे सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले भारतीय ट्रक निर्वाधरुपमा मुलुकका विभिन्न भूभागमा घुम्ने गर्दा नेपाली ट्रक व्यवसायी अहिले मारमा परिरहेको बताउनुभयो । उहाँले भारतीय गाडीले उतैबाट ढुवानी गरेर ल्याउने र नेपालभित्र सबै ठाउँमा सोही गाडी घुम्ने अवस्था रहेको भन्दै भारतीय गाडीलाई भन्सार नाकामै अनलोड गरेर फर्किंने व्यवस्था मिलाउन माग गर्नुभयो । विपद् व्यवस्थापनको सम्भावित जोखिम नियन्त्रणका लागि सरकारी संयन्त्रलाई तयारी अवस्थामा राख्न पनि सांसद नेपालीले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सोही पार्टीका सांसद बीना लामाले धादिङको उत्तरी खण्डको सडक स्तरोन्नति गर्न माग गर्नुभयो । उहाँले रुविभ्याली गाउँपालिकाका कतिपय क्षेत्रका जोखिमपूर्ण बस्ती स्थानान्तरण गर्न पनि ध्यानाकर्षण गराउनुभयो । उहाँले भौगोलिक विकटता र स्थानीय आवश्यकताका आधारमा बजेट विनियोजन गरिनुपर्नेसमेत माग गर्नुभयो । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रेखा यादवले संसद्मा अड्किएका विधेयक चाँडो अघि बढाइनुपर्ने माग गर्नुभयो । लघुवित्तको ठगी नियन्त्रण र पीडितलाई राहत दिन सरकारको ध्यानाकर्षण गर्नुभयो । कृषकलाई कृषक परिचयपत्रको व्यवस्था गरी मलखाद्य र सिँचाइको सुनिश्चितता गराउनेतर्फ सम्बन्धित निकायलाई सक्रिय बनाउन उहाँले आग्रह गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले आयात निर्यातका वस्तुको सूची बनाएर ढुवानी तथा निकासी सहज तुल्याइनुपर्नेमा जोड दिनुभयो । उहाँले बैंक तथा वित्तीय क्षेत्रको पुनःसंरचना गरी दूरदराजका जनताको पहुँचमा पु¥याइनुपर्ने खाँचो औँल्याउनुभयो । सांसद चौधरीले पेट्रोलियम पदार्थको विकल्प खोजेर विद्युतीय सवारी सञ्चालनका लागि करछुटलगायतका सुविधा दिएर यसको खपतमा आकर्षण गरिनुपर्ने माग गर्नुभयो । जनमत पार्टीका सांसद अनिताकुमारी सिंहले तराई–मधेसका सरकारी विद्यालयमा आवश्यक शिक्षक दरबन्दी नहुँदा शैक्षिकसत्र अवरुद्ध भएको र शैक्षिक स्तर पनि खस्कँदो अवस्थामा रहेको भन्दै सभामुखमार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभयो ।
  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ १६:१७
  • संसद विघटन

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस् Cancel reply

You must be logged in to post a comment.

सम्बन्धित खवर

प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
प्रचण्ड लाई भेट्न खुमलटार पुगे भाजपा नेता कोश्यारी
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
नेप्सेको सीईओमा चुडामणि चापागाईं नियुक्त
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा हात्तीको मृत्यु
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
बागमती सरकारको तर्फबाट ल्याईयो तिन वटा विधेयक
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन
वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

नेपाल अपडेट

एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
एका बिहानै भुकम्पको धक्का, घर घरबाट बाहिर निस्किए मान्छेहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
एमालेले भीम रावललाई पार्टी सदस्यबाट हटायो
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु
माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा बिधुत उत्पादन शुरु

छुटाउनुभयो कि?

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाइने
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाइने
वर्तमान सरकार माओवादी नेतृत्वको सबैभन्दा उत्कृष्ट
वर्तमान सरकार माओवादी नेतृत्वको सबैभन्दा उत्कृष्ट
लहरे तरकारी बालीमा ‘थ्री जी कटिङ’ प्रविधि
लहरे तरकारी बालीमा ‘थ्री जी कटिङ’ प्रविधि
इरानद्वारा अमेरिकी आक्रमणको निन्दा
इरानद्वारा अमेरिकी आक्रमणको निन्दा
स्ववियु निर्वाचन: मतदान जारी
स्ववियु निर्वाचन: मतदान जारी
उद्योगीले प्रधानमन्त्री भेटेपछि कुलमान झनै आक्रामक, थप १३ उद्योगको लाइन काटियो
उद्योगीले प्रधानमन्त्री भेटेपछि कुलमान झनै आक्रामक, थप १३ उद्योगको लाइन काटियो
पुस्तक समीक्षाः ‘फुटुङ’को इतिहास, संस्कृति र विकास बुझ्न उपयोगी
पुस्तक समीक्षाः ‘फुटुङ’को इतिहास, संस्कृति र विकास बुझ्न उपयोगी
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुने
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुने
हाम्रो मिसन
  • Facebook
  • Twitter
  • Youtube
ओलिज पब्लिकेसन प्रा.लि
सूचना विभाग दर्ता नंः 3900-2079/80
Oliz Publication Pvt. Ltd.
Anamanagar, Kathmandu, Nepal+977 9851278667 Admin: [email protected] News: [email protected]
विज्ञापनका लागि सम्पर्क
+977 9851278667 [email protected]
प्रशान्त कार्की प्रबन्धक निर्देशक
साइट नेभिगेशन
  • हाम्रो मिसन टि.भी
  • अर्थ/वाणिज्य
  • अन्तर्वार्ता
  • राजनीति
  • खेलकुद
  • विचार
हाम्रो मिसन टीम

© Copyright 2025 All Rights Reserved.

Powered By: